राप्रपाको जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ ८ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
राप्रपा धादिङको आयोजनामा जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


सो कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय संगठन विभागका प्रमुख तथा नेपाल प्रहरीका पूर्व प्रमुख धुव बहादुर प्रधानले राप्रपाको मुख्य एजेन्डा राजसंस्थाको पुन बहाली हिन्दु राष्ट्र कायम र संघियता खारेज रहेको बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले धादिङबेसीमा आयोजना गरेको जिल्ला स्तरीय राजनीतिक तथा नेतृत्व विकास प्रशिक्षणमा सम्बोधन गर्दै राजसंस्थाले राष्ट्रियताको पक्षमा काम गरेकोले यसको पुनर्वहाली गर्नुपर्ने बताउनु भएको हो ।संघियता अन्तर्गत बिचको सरकारले काम गर्न नसकेको र अनियमितता मौलाएको भन्दै संगठन विभाग प्रमुख प्रधानले नेपालमा उत्पादन हुने बस्तुहरु निरुत्साहित गरी उद्योग कलकारखाना बन्द गरी अर्थतन्त्र र राष्ट्रियता धस्त पारेको आरोप लगाउनु भयो ।पूर्व प्रहरी प्रमुख प्रधानले भारत भ्रमणमा आफू जाँदा भारतीय पक्षबाट नेपाललाई भारतको सुरक्षा घेरामा राखेको देखाएको अनुभव सुनाउँदै नेपाल फर्केपछि यो कुरा नेपाली नेतालाई बताएको र सो विषयबारे कसैले कुरा नसुनेको तितो यथार्थ बताउनुभयो ।त्यसै गरी सोही समारोहलाई सम्बोधन गर्दै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले संघियता पछि आएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै नेपालको हितको लागी राप्रपा आवश्यकता भएको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सवै पालिका, वडाहरूमा सचेतना मूलक प्रशिक्षण तथा राप्रपाको आन्दोलनको बारेमा जानकारी दिने उद्देश्ये प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पूर्व मन्त्री समेत रहेका तामाङले बताउनु भयो ।राप्रपा धादिङका अध्यक्ष धुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद बिना लामा राप्रपाका नेताहरू खुस्बु ओली, परशुराम तामाङ लगाएतका नेताहरू सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web