धादिङ
नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएकाहरुलाई आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले कुखुराको चल्ला वितरण गरीएको छ ।अपाङ्गता पुर्नस्थापना समाज धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको लागि लोकल कुखुराको चल्ला वितरण गरीएको हो ।शनिवार एक कार्यक्रम गरी नीलकण्ठ नगरपालिकाभित्र रहेका ५७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई प्रति व्यक्ति १५ १५ गोटाको दरले चल्ला वितरण गरीएको हो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई चल्ला वितरण गर्नुभएको हो ।अपाङ्गता पुर्नस्थापना समाज धादिङका अध्यक्ष लक्ष्मण पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला विकास शाखा प्रमुख उर्मिला थपलिया र सहायक महिला विकास निरिक्षक निर्मला केसीको विशेष आतिथ्यता रहेको थियो । लोकल कुखुराको चल्ला पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुसि भएका छन् ।नगरपालिकाले दिएको कुखुरालाई राम्रो सँग हेरचाह गरेर आयआर्जन बढाउने उनीहरुले बताएका छन् ।
Source:Neelkanthafm