धादिङ
वेनीघाट रोराङ गाउँपालिकामा शिक्षक सेवा आयोग प्राथमिक तहको तयारी कक्षा सञ्चालन कार्यक्रमको उद्घाटन गरेको छ ।
शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि चन्द्रोदय बहुुमुुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमनाथ थपलियाको अध्यक्षता तथा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुुर थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कुल ४२ जना सहभागी रहने उक्त कार्यक्रम बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रोदय बहुुमुखी क्याम्पसको समन्वय तथा व्यवस्थापनमा सञ्चालन भएको हो ।गाउँपालिकाका गाउँ शिक्षा अधिकारी बोधराज पाठकले गुणस्तरीय शिक्षा बिकाससंगै क्षमता विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै कक्षा सञ्चलान प्रक्रिया औचित्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुु भएको थियो ।स्थानीय तवरमै स्थायी शिक्षक उत्पादन गरी विद्यालयमा दिगो शिक्षक व्यवस्थापन गर्ने उद्देश्यका साथ बेनीघाट रोराङ गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष टाप बहादुुर श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रमका सभापति हेमनाथ थपलियाले चन्द्रोदय बहुुमुुखी क्याम्पसलाई बेनीघाट रोराङ गाउँपालिकाले शिक्षक सेवा आयोग प्राथमिक तहको तयारी कक्षा सञ्चालन व्यवस्थापनको जिम्मेवारी दिएकोमा हार्दिक आभार प्रकट गर्दै प्रभावकारी रुपमा कक्षा सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे,गाउँ शिक्षा अधिकारी बोधराज पाठक,शिक्षा स्रोत व्यक्ति,जनप्रतिनिधी, प्रशिक्षार्थी लगायतको सहभागीता रहेको थियो ।