धादिङ
न्यू धादिङ वोर्डिङ स्कुल र धादिङ आवासीय माध्यमिक विद्यालयको आयोजनामा शिक्षकहरुका लागि ३ दिने शिक्षण सिकाई तालिम दिएको छ ।शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि गुणस्तरीय शिक्षा प्रदानको लागि शैक्षणिक पद्धति,व्यवस्थापन तथा विद्यार्थी अध्यापनका लागि सञ्चालन गरिएको ३ दिने शिक्षक तालिम समापन भएको हो ।दुई विद्यालयको ४२ जना शिक्षक शिक्षिकाहरु सहभागी रहेको तालिममा कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रममा उल्लेखित सिकाई उपलब्धी पुरा गर्न शिक्षकले निर्वाह गर्नु पर्ने भुमिका, प्रक्रिया र पद्धतिका वारेमा प्रशिक्षक राजेन्द्र दाहालले सहजीकरण गरिएको थियो ।तीन दिने शैक्षिणिक विधी र पद्धति तालिमले पाठ्यक्रममा आधारित शिक्षण सिकाई नै महत्वपुर्ण भएको बताउदै सहभागी शिक्षकले पठनपाठनमा सहज भई विद्यार्थीको मनोवल उच्च बनाउन थप प्रेरणाको स्रोत भएको बताउनुभयो ।शिक्षकले विद्यार्थीहरुलाई पस्काईरहेको ज्ञानलाई समयसापेक्षा अपडेट गरी विद्यार्थीको क्षमता र शिक्षकको अध्यापन गराउने विधी र पद्धतिबारे जानकारी गराउन तालिमको आयोजना गरिएको धादिङ आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।न्यू धादिङ वोर्डिङ स्कुल र धादिङ आवासीय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर बृद्धि सिकाई उपलब्धी र पद्धतिबारे समय समयमा विभिन्न विषयबस्तु केन्द्रित कार्याशाला सञ्चालन गर्दै आएको छ ।