ज्याक गुरुङको सहयोगमा मार्पाक पोखरा आ.बिका बिद्यार्थीहरुलाई टयाकसुट लगायत स्टेशनरी सामग्री बितरण


  • दिव्यदर्शन
  • सोमबार, बैशाख ३१ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं.२ मा अवस्थित मार्पाक पोखरा आधारभूत बिद्यालयका ४२ जना बिद्यार्थीहरुलाई टयाकसुट बितरण गरिएको छ । सोही बिद्यालयका भूतपुर्व बिद्यार्थी एबम् समाजसेवी हाल हङकङलाई कर्मथलो बनाउनुभएको ज्याक गुरुङले आफ्नो भाउजु सुजिता गुरुङमार्फत प्रत्येक बिद्यार्थीलाई १६ वटा रु.५० पर्ने कापी,स्कुल ब्याग,टयाकसुट र बिद्यालयलाई २ वटा फुटबल र पम्प सहयोग गर्नुभएको शिक्षक आइतराम तामाङले जानकारी दिनुभयो । साथै उहाँले समाजमा रहेका गरिब र असहाय ब्यक्तिहरुलाई बिभिन्न तवरले सहयोग गर्दै आउनुभएको छ । उहाँको सहयोग र शैक्षिक बिकासमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै बिद्यालयको तर्फबाट पनि सम्मानपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web