आ.ब.२०८१÷०८२ का लागि जिल्लास्तर रुपमा योजना तर्जुमा गोष्ठी,किसानको मागअनुसारको योजना बनाउन सुझाव


  • दिव्यदर्शन
  • सोमबार, बैशाख ३१ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङमा आ.ब.२०८१÷०८२ का लागि जिल्लास्तर रुपमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
पशु सेवा कार्यालय र कृषि बिकास कार्यालय धादिङको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आगामी आ.ब.मा प्रस्ताबित बजेट तथा कार्यक्रमहरुबारे छलफल÷अन्तक्र्रिया गरेका छन् । कृषि बिकास कार्यालय धादिङका कार्यालय प्रमुख निर्मला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत मन्तब्य राख्नुहुदै पशु सेवा कार्यालय धादिङका प्रमुख डा.सन्दिप सिलवालले बार्षिक कार्यक्रमको योजनाबारे छलफल गरी किसानको मागअनुसारको बजेत तथा योजना निर्माण तथा परिमार्जन गर्ने यो गोष्ठिको उद्धेश्य रहेको बताउनुभयो । कार्यक्रममा दुबै कार्यालयका प्रमुखहरुले आआफ्नो कार्यालयमा प्रस्ताबित बजेट तथा कार्याक्रमबारे प्रस्तुतीकरण दिनुभएको थियो । गत बर्षको तुलनामा यसबर्ष बजेट घटेर आएको छ । कार्यक्रममा उपस्थित किसान तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले आउदो आ.व.का बजेट तथा कार्यक्रमबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा बिशेष अतिथीहरुमा धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख राजु उपे्रती,नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा लगायत रहनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web