धादिङ
नेकपा एमाले नीलकण्ठ नगर कमिटीको अध्यक्षमा काजी श्रेष्ठ सर्वसहमत चयन हुनु भएको छ ।
सोमबार सुरुभएको अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटि चयन गरेको हो ।आज सम्पन्न दोस्रो नगर अधिवेशन बाट उपाध्यक्ष बेग बहादुर सुनार, सचीव राजाराम पाठक, उपसचिव सुदिप अधिकारी र सीता दुवाडी लम्साल चयन हुनु भएको छ ।नेकपा एमाले नीलकण्ठ नगर कमिटिको दोश्रो नगर अधिवेशनलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नु भएको थियो ।