बोमराङ आविको नवनिर्मित भवन उद्घाटन, कोहि स्कुल जानबाट नछुट्न अध्यक्ष थपलियाको आग्रह


  • दिव्यदर्शन
  • सोमबार, बैशाख २४ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
बेनीघाट रोराङ गाउँपालिका वडा नंं.६ स्थित बोमराङ आविको नवनिर्मित ५ कोठ भवन उद्घाटन गरिएको छ ।
आईतबार एक विशेष समारोहका बीच गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थपलियाले जेठ मसान्तभित्र बेनीघाट रोराङ निःशुल्क शिक्षा घोषणा गर्ने पालिका हुने र यसका लागि सबैको साथ र सहयोग चाहिने बताउनुभयो ।

उहाँले कोहि स्कुल जानबाट नछुट्न र २०८५ बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी सेवा, सुविधा र अवसर नपाउँने हुदाँ यसलाई गम्भिरताका साथ लिन समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै वडा अध्यक्ष टेकनाथ सिलवालले त्यस बिद्यालयमा भौतिक संरचना निर्माण भएता पनि त्यहाँ अध्ययन गर्ने चेपाङ समुदायका बिद्यार्थीलाई खानेबस्ने ब्यवस्था गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ ।

बिल्डिङ एजुकेसन संस्थाको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त भवन उद्घाटन तथा हस्तान्तरण समारोहको सभापतित्व विव्यस अध्यक्ष राजेन्द्र चेपाङ र कार्यक्रम प्र.अ. विष्णु रिजालले संचालन गर्नुभएको थियो । कार्यक्रममा सहयोगी दाताहरु,पूर्व शिक्षक, पूर्व जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web