
धादिङ
थाक्रे गाउँपालिकाको जनजागृती माध्यमिक विद्यालयमा एकदिने निशुल्क स्वास्थ्य शिविर भएको छ । जनजागृती माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको शिविरमा थाक्रे गाउँपालिका,तिलगंगा अस्पताल र फ्रन्ट लाईन हस्पीटल पुरानो बानेश्वरको सहयोग रहेको थियो । शिविरबाट ६६९ जना लाभान्वित भएका सामाजिक अभियन्ता गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो । शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,१४० जनाले जनरल फेजिसियन सेवा, ५२ जनाको दाँतको परिक्षण,१०१ जनाले महिलासम्बन्धी रोगको उपचार गराएका छन् । शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखीएको छ ।