नेत्रावती डबजोङका महिलाहरुलाई नेतृत्व बिकास तथा महिला सशक्तिकरणबारे तालिम


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख २० २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
नेत्रावती डबजोङ गाउँपालिकाका महिलाहरुलाई दिएको नेतृत्व बिकास तथा महिला सशक्तिकरणबारे दुईदिने अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ ।उपाध्यक्षसँग महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्र्तगत दुई दिने नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण तालिम दिएको हो। समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास सम्बन्धी तालिम धादिङबेशी क्रिक रिसोर्टमा हिजो एक समारोहकाबीच सुरु गरेको तालिम आज समापन भएको हो। तालिममा लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको थियो। समुदायमा गएर महिला हिंसा, बाल विवाह, घरेलु हिंसा ऐन, महिला स्वास्थ्य जस्ता विषयमा अभिमुखिकरण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सीतामाया चोदेनको सभापतीत्वमा २ दिने तालिमको समापन गरीएको हो । समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चोदेनले महिला सशक्तिकरणको सवालमा आफु निरन्तर अगाडी रहेको र महिलाहरूको हरेक सुख दुःख तथा समस्यामा आफु सारथि भई अगाडी बढेको बताउनुभयो ।पहिलेको तुलनामा महिलाहरुको नेतृत्व विकाससंगै हरेक विकास निर्माणका काममा महिलाहरुको सहभागीतामा वृद्धि भएको उहाँले बताउनुभयो । यस्तै उहाँले महिलाहरुलाई सिपमुलक तालिमका साथै आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरुमा पनि आफुले प्राथमिकतामा राखेको बताउनुभयो ।

महिलाहरुको नेतृत्व विकास तथा सशक्तिकरणको पक्षमा धेरै परीवर्तन आएको देख्दा आफुलाई खुसि लागेको बताउदै उहाँले महिला माथि हुने विभेद र लैंगिक हिंसा न्यूनीकरणमा स्वयं आफै महिलाहरू पनि अगाडि बढन आग्रह गर्नुभयो । यो तालिमले सामुहिक नेतृत्वको भावना जगाएको र महिलाका मुद्दा उठान गर्न सहज हुने गाउँपालिकाका उपाध्यक्ष सितामाया गुरुङले बताउनुभयो । समापन कार्यक्रममा सहभागी महिलाहरुले आफुहरुको नेतृत्व विकास र सामाजिक काममा आफुहरुको सहभागीतामा वृद्धि भएको र महिलासम्बन्धि बिबिध बिषयमा जानकार भएको बताएका थिए ।

२ दिनसम्म सञ्चालित महिला सशक्तिकरण तालिमको मुख्य प्रशिक्षकमा महिला अधिकारकर्मी कबिता ईटनी रहनुभएको थियो । तालिमको सहजीकरणमा पहिलो दिन शिक्षा अधिकृतले र समापनका दिन सुचना प्रबिधि अधिकृत ईश्वारी श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web