किम्ताङफेदीमा नवनिर्मित चाईनीज मेटालिक हाईब्रिड बेलीवृज उद्घाटन


  • दिव्यदर्शन
  • आइतबार, बैशाख १६ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ

नेत्रावती डबजोङ र खनियाँबास गाउँपालिका जोड्ने किम्ताङफेदीमा नवनिर्मित चाईनीज मेटालिक हाईब्रिड बेलीवृजको आज आईतबार उद्घाटन गरिएको छ । संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माद्धारा संयुक्त रुपमा बेलिवृजको उद्घाटन गर्नुभएको हो । उक्त बेलीबृज खनियाँबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको बिशेष पहल र सक्रितामा नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोग र खनियाबास,नेत्रावती डबजोङ,गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।बेलीबृजले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना र खनियाँबास गाउँपालिकालाई सदरमुकाम धादिङबेँसीसँग जोड्न सहयोग पुग्ने भएको छ ।पुल नहुँदा बर्षाको समयमा सवारी आवतजावत बन्द हुनाले त्यहाँका बासिन्दाले धेरै समस्या झल्नुपर्दथ्यो, अब त्यो समस्या अन्त्य भएको छ ।खनियाबास गाउँ पालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षता तथा माननीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पुल उद्घाटन समारोहमा पुर्वमन्त्री दिलमान पाख्रिन, संविधानसभा सदस्य पुष्प विक्रम मल्ल ,प्रदेश साम्सद डम्बर बहादुर तामाङ, गोबिन्द लम्साल,नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा,रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ,गंगाजमुना गाउँपालिकाका भक्त बहादुर लामा,नेत्रावती डब्जोङ गाउँपालिकाका मेघनाथ रिजाल,उपाध्यक्ष सीतामाया गुरुङ,बिभिन्न वडाका वडाध्यक्षहरु लगायत बिभिन्न दर्जाका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web