धादिङ्ग:
चौथो नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८१ मा कुण्डलादेवी मा. बि.कि युनिका श्रेष्ठले प्रथम स्थान हासिल गरेको छ ।निरञ्जना माबिको प्राङगणमा शुक्रबार भएको प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका कुल ९४ जना बिध्यार्थीहरु सहभागी भएको प्रतियोगितामा गाउपालिका भित्रका बिध्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका कुल ९४ जना बिध्यार्थीहरु सहभागी भएकाे प्रतियाेगितामा कुण्डलादेवी मा. बि. कि युनिका श्रेष्ठले प्रथम स्थान हासिल गर्दै नगद, ट्रफी, मेडल र प्रमाण-पत्र जितिन भने कुण्डलादेवी मा. बि. कै रश्मी तामाङ्ग दृितिय हुँदै नगद, ट्रफी, मेडल र प्रमाणपत्र जितिन त्यस्तै निरन्जना मा. बि. कि भुमिका अधिकारी तृतिय हुँदै नगद, मेडल र प्रमाण-पत्र जित्न सफल भईन ।त्यसैगरि चाैतारा मा. बि. कि संझना कुमारी यादबले चतुर्थ स्थान हासिल गरि नगद र प्रमाणपत्र प्राप्त गरिन भने महेन्द्रबाराही मा. बि. कि पुष्पा गुरुङ्ग र निरन्जना मा. बि. कि कुस्मा तामाङ्ग पाचाै हुँदै नगद र प्रमाणपत्र प्राप्त गरिन त्यस्तै निमार्चाेक आ. बि. कि पुर्णिमा सिंखडा, मार्पाक पाेखरा आ. बि. कि मन्दिरा बि. क. र मंगलादेवी मा. बि. का सुलभ रिजाल छैटाै हुँदै आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरे साथै बाकी ८७ जनाले समेत सान्त्वना पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।नेत्रावती डबजाेङ्ग गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालकाे प्रमुख आतिथ्यता, वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग, वडा नं. ३ का भुतपुर्ब वडाध्यक्ष बिजय पाख्रिन, दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम अधिकारीकाे विशेष आतिथ्यता र निरन्जना मा. बि. बि. ब्य. समितिका अध्यक्ष डाेल बहादुर अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा निरन्जना मा. बि. का प्र.अ. बिकाश थापा मगर, कुण्डलादेवी मा. बि. का प्र. अ. अमृतमान श्रेष्ठ, थला गाउँ सकाजका अध्यक्ष पुर्ण बहादुर घले र चन्द्र बहादुर- बुनादेवी अधिकारी अक्षयकाेष समितिका अध्यक्ष लक्ष्मी अधिकारी लगायतकाे आतिथ्यता रहेकाे कार्यक्रमका संयाेजक काजिराम अधिकारीले जानकारी दिनुभयाे ।नेत्रावती डबजाेङ्ग गाउपालिकाकाे प्रायाेजन, गजकेशर थामे अधिकारी कल्याण समाजकाे सह-प्रायाेजन, मार्पाक सामुदायिक क्लबकाे आयाेजना तथा थला गाउँ समाजकाे सह-आयाेजना, निरन्जना मा. बि. काे संयाेजन साथै वडा नं. १ काे कार्यालयकाे प्राबिधिक सहयाेगमा कार्यक्रम सम्पन्न भयाे ।