
धादिङ
धादिङबेशीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा हिमालयन क्याटा¥क्ट प्रोजेक्टको सहयोगमा दुई दिने पुनर्ताजगी तालिम आज सम्पन्न भएको हो ।आँखामा हुने समस्या कम गर्ने उदेश्यले सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई तालिम प्रदान गरीएको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले जानकारी दिनुभयो ।तालिममा कर्नियामा फुलो परि हुने अन्धोपन रोकथामको उपाय, अन्धोपनका समस्या र यसका समाधान बारे थप उपचार गर्ने, समयमै अन्धोपन निवारणका लागि आवश्यक पर्ने प्रचार प्रसार बारे जानकारी तथा नेपालमा दृष्टिविहीन बनाउने प्रमुख कारणहरुको विषयमा छलफल गरिएको थियो । आँखाको प्राथमिक उपचार नपाएर आँखा नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्ने र कर्नियामा हुने चोटपटकलाई निवारण गर्नको लागि तालिम संचालन गरिएको प्रशिक्षक बिमल पौडेलले बताउनुभयो।तालिममा नीलकण्ठ नगरपालिका भित्रका ८ जना स्वास्थ्यकर्मी र ६२ जना स्वास्थ्य स्वयंमसेविकाहरुको सहभागिता रहेको थियो ।