बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ पूर्ण खोप वडा घोषणा


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।

वडा नं. ९ मा अवस्थित जोगिमारा स्वास्थ्य चौकीको आयोजनामा मिति २०८१ बैशाख १० गतेका दिन “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता –हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ वडा नंं.९ लाई पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न भएको हो ।वडा नं. ९ का वडाध्यक्ष देबी बहादुर खड्काको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेज्यू रहनु भएको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेले पूर्ण खोप वडा घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप घोषणा कार्यक्रमलाई दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिने विचार व्यक्त गर्नुभएको थियो । त्यस्तै पूर्ण खोप घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जोगिमारा स्वास्थ्य चौकीका इन्चार्ज, गाउँपालिकाका निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू,स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web