गङ्गाजमुना ४ का अपाङ्गता नागरिकलाई घरमै नागरिकता,सामाजिक सुरक्षा भत्ता र अन्य सेवाबाट बन्चित नहुने


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ९ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
गङ्गाजमुना गाउँपालिका वडा नम्बर ४ का दुई जना अपाङ्गता भएका नागरिकलाई नागरिकता प्रदान गरिएको छ ।
शनिबार घरमै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय धादिङबाट जानुभएको टिमले वडा नम्बर ४ का अस्मीता थापा र धनमाया वाँडालाई नागरिकता बितरण गरेको हो ।

साथै सोही अवसरमा राष्ट्रिय परिचयपत्रको लागि निजहरूको विवरण समेत दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर समेत उपलब्ध गराईएको छ । अपाङगता भएका ब्यक्तिले पाउनुपर्ने सेवा सुबिधाको लागि नागरिकता अपरिहार्य भएकाले त्यस्ता नागरिकको सहजताका लागि घरमै प्रशासनसँगको समन्वयमा नागरिकता बितरण गरेको वडा नं.४ का वडा अध्यक्ष प्रेम बहादुर घलेले बताउनुभयो ।


अब उनीहरु सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नागरिकता लगायतका सेवालाई नागरिकको पहुँचमा सरल र छिटो ढंगले पु¥याउने उद्धेश्यले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै सेवा दिएको र यसलाई निरन्तरता दिने बताउनुभयो ।

यस अघि २०८० फागुन २ गते गजुरी गाउँपालिका वडा नं ८ ठूलो बाङ्गेस्थित सेवाग्राहीकै घरमा पुगी ७४ बर्षीय कान्छीमाया तामाङ, ६९ बर्षीय सुनिता गोले र २४ बर्षीय नवराज थोक्रा तामाङलाई यस्तै सेवा उपलब्ध गराईएको थियोे ।जिल्लाका अन्य स्थानमा अशक्त र अपांगता भएका सेवाग्राहीहरू रहेको पाईए त्यस्ता सेवाग्राहीलाई समेत यथाशीघ्र सेवा उपलब्धि गराईने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभएको छ । साथै जिल्ला प्रशासन कार्यालय धादिङ सेवामा नागरिकको सहज पहुँच र छरितो सेवाका लागि प्रतिवद्ध रहेको समेत जनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web