
धादिङ
सुरेश लोप्चन (क.समर) र शिव अनुराग (क.भिषण) को संयुक्त प्रस्तुती जनयुद्द देखि खाडीसम्म बजारमा आउदैछ ।
स्कुल पढ्ने उमेरमै जनयुद्द लड्न जंगल पसेका क. समर र क. भिषणको वास्तविक कथामा आधारित रहेर निर्माण गरिएको भिडियोमा जनयुद्द सकिएर गणतन्त्र आईसक्दा अनि जनयुद्दका सुप्रिम कमाण्डर क. प्रचण्ड ४ पटक गणतन्त्र नेपालका प्रधानमन्त्री भईसक्दा यी २ कमरेडहरु भने नेपालमा खान लाउन र पेट पाल्न समेत धौधौ भएर खाडी मुलुकमा मजदुरी गर्न जान बाध्य भएको वास्तविक कथालाई भिडियोमा मर्मस्पर्सी रुपमा समेट्ने कोसिस भएको छ ।
चर्चित बाल कलाकारद्वय किसन सिजापती र प्रिन्स लम्सालको सुमधुर स्वर रहेको मर्मस्पर्सी गितमा सुरेश लोप्चन र काजिराम अधिकारीको स्वर समिश्रण रहेको छ भने शिव अनुरागको शब्द, लय र संगित रहेको यस गित अनि भिडियोका परिकल्पनाकार सुरेश लोप्चन र शिव अनुराग आफै हुन् ।जनयुद्दमा दाइ गुमाएका लोप्चन आफै जनयुद्दका घाईते लडाकु हुन भने अनुराग जनयुद्दका जनबादी कलाकार हुन ।