स्वीकृत नभएका पुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ६ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ
स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने पाठ्यक्रम विकास केन्द्रले चेतावनी दिएको छ । केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले यसबारे सचेत गराएको हो । सबै स्थानिय तह र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत केन्द्रले आग्रह गरेको छ । यसअघि केन्द्रले सबै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक÷पाठ्यसामग्री÷सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन सूचित गरिसकेको थियो ।

source:ujjyaloonline

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web