धादिङ
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ ले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ ।वडाका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सोमबार एक कार्यक्रम गरी निःशुल्क शिक्षा घोषणा गरेको हो ।कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले शिक्षक, सरकारी कर्मचारी तथा राजनितिज्ञ सबैले आफ्नो सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न पहिले आफ्नो छोराछोरी सरकारी विद्यालयमा पढाए मात्रै माया र आफ्नोपन हुने भन्दै सबैलाई अनुरोध गर्नुभएको छ । विद्यार्थीको भविष्य शिक्षक र अभिभावकको हातमा भएको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको भनाई छ । वडा भित्र सिकाइ उपलब्धि र शैक्षिक सुधार गर्न वडाले विशेष प्राथमिकता दिएको लागेको वडा अध्यक्ष हेमराज भुजेलले बताउनुभयो ।कार्यक्रमकै अवसरमा उत्कृष्ट विद्यालयको रुपमा रावलडाँडा आधारभुत विद्यालयलाई एक लाख नगदसहित सम्मान गरेको छ । साथै विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।
source:nagarikpati.com