
धादिङ
धुनिबेशी नगरपालिका वडा नं. ६ कालिदेबीथानस्थित सानुभाई बानियाँ र श्रीमती बबिता बानियाँको घरमा करेन्ट सर्ट भई आगोलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

घरभित्र भएको २० बोरा धान र मकै लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछी परिवारमा खाध्यान्न समेत अभाव भएको छ। घटनापछी धुनिबेशी नगरपालिकाको दमकल, जनप्रतिनिधि लयागत स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएपश्चात नजिकैको अर्को घरमा क्षति हुन जोगाएको वडा नं.६ का वडाअध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । पिडित पक्षको राहतका निम्ति सरोकारवालासमक्ष पहल गर्ने वडाध्यक्ष आचार्यले बताउनुभयो ।