
धादिङ
त्रिपुरासुन्दरी गाउँपालिकाले अतिक्रमित सार्वजानिक स्थान खाली गर्न १५ दिने सूचना जारी गरेको छ ।आईतबार एक सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयले सार्वजानिक सम्पति संरक्षण गर्न २०८० साल चैत २५ गते परिपत्र गरेअनुसार सूचना प्रकाशन भएको १५ दिनभित्र गाउँपालिका वडा नम्बर १ का बिभिन्न क्षेत्रका बस्ती खाली गर्न सूचनामा उल्लेख गरिएको छ ।सूचनालाई वेवास्ता गरी अटेर गरेमा नियमानुसार कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाद्धारा प्रकाशित सूचना:
