धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा न. १ खोल्सी चोक सल्यानटारमा बिधीवत रुपमा कृषि हाट बजार उद्घाटन गरिएको छ । गाउँपालिकाको आयोजना र कृषि सहकारीको सहकार्यमा आयोजित कार्यक्रममा किसानहरुले विभिन्न कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री गरेका थिए । प्रत्येक शनिबारबाट सप्ताहिक रूपमा उक्त हाटबजार सन्चालन गरिने त्रिपुरासुन्दरी कृषि हाटबजार तथा बजारीकरण केन्द्रका अध्यक्ष फणिकान्त छत्कुलिले जानकारी दिनुभयो ।गाँउपालिकाका अध्यक्ष राजु उप्रेतीले अब उत्पादनको आधारमा कृषि अनुदान दिने निर्णय गरिएको बताउनुभएको छ । उद्घाटन समारोहमा त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेती उपाध्यक्ष देवराज धरेल, प्रबक्ता तथा वडा न ५ का अध्यक्ष कुश बहादुर सिटौला, अध्यक्षहरु कमल बहादुर थापा, कपिल सिम्खडा, हरि बहादुर बि क, सुवास अधिकारी, पुर्व उपाध्यक्ष देबि बुर्लाकोटि, एमाले नेता उमेश थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउपालिका वडा न ५ मा सन्चालन गरिएको पन्चेबाजा तालिममा सहभागी महिलाहरुले बनाएको बाजाले थप उल्लास छाएको थियो ।
source:dhadingpost