धादिङ- नीलकण्ठ नगरपालिका वडा नम्बर १२ घैटें चौतारामा कृष्ण मन्दिर शिलान्यास गरेको छ । आइतबार वडा नम्बर १२ का वडाध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले शिलान्यास गर्नुभएको हो ।बागमती प्रदेश सरकारको १० लाखको लागतमा जिर्ण रहेको मन्दिरलाई थप व्यवस्थित गर्नको लागि मन्दिर निर्माण गर्न लागिएको वडा अध्यक्ष भण्डारीको भनाई छ । वडाभित्र रहेको धार्मिक तथा ऐतिहासिक स्थानहरुको संरक्षण गर्नको लागि पशुपती मन्दिर,कुमाल गाउँमा रहेको देवी मन्दिर,कृष्ण मन्दिर लगायत धार्मिक स्थलहरुको संरक्षण तथा प्रचारप्रसार गर्न वडाले काम गरीरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
source:neelkanthafm