काठमाण्डौ –झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु कुमार चुडाल रशारङ्गा सुबेदीको संयुक्त इजलासले मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो ।अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट दर्ता गर्नुभएको थियो । मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईँले खोलेको मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवादि रहेको थियो ।