नीलकण्ठ बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता,अमर गुरुङको टिम बिजयी


  • दिव्यदर्शन
  • मंगलबार, माघ २३ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
नीलकण्ठ बहुमुखी क्याम्पसको गणित,स्वास्थ्य तथा साधारण शिक्षा विभागद्धारा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


क्याम्पसका विभित्र तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा यहि माघ १९ गते १४ वटा समूह बनाई पहिलो चरणको प्रतियोगिताबाट ७ वटा समूह छनोट गरिएको थियो ।छनोट गरिएका समूहबीचमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

क्याम्पसको बार्षिक कार्यतालिकाबमोजिम बिद्यार्थीहरुलाई अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञान तथा बौद्धिक ज्ञानमा आधारित मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गणित,स्वास्थ्य तथा साधारण शिक्षा विभाग प्रमुख हरि लम्सालले जानकारी दिनुभयो ।साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।

७ वटा समूहका विचमा भएको प्रतियोगितामा अमर गुरुङको समूह एफ प्रथम भएको थियो ।
प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई प्रमुख अतिथी एबम् क्याम्पस प्रमुख नवराज शर्मा लगायत क्याम्पसका सहायक प्रमुख डा. मुरारी अधिकारी,देवी अधिकारी, बिभागिय प्रमुखहरुले नगदद्धारा सम्मान गर्नुभएको थियोे । कार्यक्रमको सहजिकरण तथा संयोजन खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितीका संयोजक रोहिणी प्रसाद कोईरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web