त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन समुद्घाटन


  • दिव्यदर्शन
  • बिहिबार, पुष २६ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन समुद्घाटन गरिएको छ ।आज बिहिबार एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि एबम् गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले उद्घाटन गर्नुभएको हो । वडा नम्बर ५ का वडा अध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवराज धरेलको विशेष आतिथ्यता ।हेको थियो । करिब ६ महिना अगाडि नै भवन सम्पन्न गरि उक्त भवनबाट नै सेवा दिदै आईरहेको उक्त कार्यालयले विहीबारबाट विधिगत रुपमा सेवा दिने भएको हो ।त्यस्तै वडा कार्यालयकै हाताभित्र रहेको कृष्ण मन्दिरको पनि गाउँपालिका उपाध्यक्ष देलराज धरेलद्धारा उद्घाटन गरिएको छ ।
वडाध्यक्ष सिटौलाले सबै गाउँबस्ती टोललाई पायक पर्ने स्थानमा वडा कार्यलय निर्माण गर्न सफल भएकोमा सबै वडाबासी खुसी हुनुपर्ने बताउनुभयो । वडा कार्यलय निर्माणमा जग्गा दान गर्नुहुने,आर्थिक तथा भौतिक रुपले सहयोग गर्नुहुने सबै निकाय व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । २०७४ साल देखि २०८० साल सम्म दोस्रो कार्यकालको नेतृत्व गरिहँदा वडा नम्बर ५ को जनताको जीवनस्तर,सेवामा सहजमूलक प्रशासन लगायत शैक्षिक, भौतिक तथा सिपमूलक बिकासको पक्षमा सधै पहल गरिरहेको स्पष्ट पार्नुभयो ।अध्यक्ष सिटौलाले वडा कार्यलय भवन वरिपरी नै स्वास्थ्य ईकाई विन्दुको भवन बनाई जनतालाई स्वास्थ्य सेवाबाट समेत सहज रुपमा सेवा लिने वातावरण बनाउने प्रकृयामा रहेको बताउनुभयो ।त्यस्तै प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष राजु उप्रेतीले संबृद्ध त्रिपुरासुन्दरी गाउँपालिका निर्माण गर्न वडा नम्बर ५ लगायत सबै वडाको बिकासलाई जोड दिदै सम्बन्धीत मन्त्रालय निकायसंग पटक पटक छलफल,प्रस्तावना पेश भईरहेको बताउनुभयो ।उहाँले गाउँपालिकाको शैक्षिक बिकास, कृषि तथा पर्यटन,ऐतिहासिक धार्मिक क्षेत्र लगायतको बिकास तथा प्रचारप्रसारको लागि गाउँपालिकाले लगानी गरिरहेको स्पष्ट पार्नुभयो ।स्थानीय प्रशासन,सहज सेवा सुशासन गाउँपालिकाको लक्ष्य रहेकोले वडा नम्बर ५ ले पनि त्यहि मार्ग सिद्धान्तमा काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो ५ बर्षे कार्यकालमा धादिङ जिल्लाको ११ वटा गाउँपालिकामध्ये त्रिपुरासुन्दरी गाउँपालिका १ नम्बरको संबृद्ध गाउँपालिका बनाउने लक्ष्य र योजना रहेको बताउनुभयो ।त्यस्तै गाउँपालिका उपाध्यक्ष देवराज धरेलले वडा नम्बर ५ को प्रशासकीय भवनमा सेवा लिन पाउनुहुने सबै वडाबासीलाई धन्यवाद व्यक्त गर्दै मुस्कान सहितको सहज सेवासुविधा दिन सबै वडा कर्मचारीलाई आग्रह गर्नुभयो ।उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष कपिलदेव सिंखडा, ७ का वडा अध्यक्ष सुवास अधिकारी,नेत्रावती र सल्यानटार क्याम्पसका प्रमुखहरु,धादिङ उद्योग वाणिज्य संघका कोषध्यक्ष सुमन धरेल,विभिन्न विद्यालयका शिक्षक शिक्षिका,वडावासी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web