धादिङ,
नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको छ।प्रतियोगिताको उद्घाटन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले शिक्षा र खेल क्षेत्रलाई अगाडी बढाउनको लागि नीलकण्ठ नगरपालिकाले सबैभन्दा बढी रकम बिनियोजित गरेको बताउनुभयो ।प्रतियोगितामा सहभागि भएका सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुहुदै राम्रो खेल खेल्नको लागि आग्रह गर्नुभयो ।यसैगरी नगर उप प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास समेत गरेका थिए। विद्यार्थीहरुले र्यालीमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय झण्डा लिएर सहभागि भएका थिए।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो।राष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा भलिबल, कबड्डि र एथलेटिक्स, हाईजम्प, लङजम्प,सर्टपुट लगायतका खेलहरु हुनेछन् । खेलहरु चार स्थानबाट खेलाईएको छ ।
कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रहरी प्रमुख गौतम मिश्र,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिका संघका केन्द्रिय सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,शाखा प्रमुखहरुलगायतको आतिथ्यता रहेको थियो ।प्रतियोगितामा तीन दिन सम्म सन्चालन हुनेछ ।पालिका स्तरीय प्रतियोगीतामा नीलकण्ठ नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालय गरी ३१ वटा विद्यालयले सहभागिता जनाएका छन् ।