धादिङ।
आज बुधबार सानिमा बैक धादिङ शाखाको १९ औं वार्षिकोत्सवको अवसरमा धादिङमा ५२ जनाले रक्तदान गरेका छन्।
बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ११ जना महिला र ४१ जना पुरुष गरि ५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ।