धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ बनाउने निर्णय


  • दिव्यदर्शन
  • बिहिबार, मंसिर १४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङको नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाको संयुक्त कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न तीन वटा निर्णय सर्बसहमतिले पारित गरेको छ । गोरखाको पालुङटारमा सम्पन्न भएको बैठकले नीलकण्ठ नगरपालिकामा गोरखाको झल्को दिने गरी ‘रामशाह चौतारा’ बनाउने निर्णय भएको छ। गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गरेको नीलकण्ठ नगरपालिकाले यसैबर्ष गोरखाको झल्को दिनेगरी रामशाह चौतारा निर्माण गर्ने भएको हो ।वैठकमा दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ ।विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि गोरखा नगरपालिका र निलकण्ठ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ ।गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण बहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,गोरखा नगरपालिकाका उप मेयर मसली माया थोकर,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुवेदीको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर पालिकास संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, दुवै नगरपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web