धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत प्रभातफेरी कार्यक्रम गरिएको छ ।
गाउँपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा विहिबार प्रभातफेरी कार्यक्रम भएको हो ।लैंगिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने अन्तराष्ट्रिय नाराको साथ गाउँपालिका परिसरबाट सुरू गरिएको प्रभातफेरी कार्यक्रम शितलबजार हुदै गाउँपालिकामा कार्यलयमा कोणसभामा परिवर्तित भएको थियो ।गाउँपालिकाले लैङ्गिक हिसा विरुद्धको अभियान अन्तर्गत कार्तिक ९ गते दिप प्रज्वलन गरिएको थियो भने त्यस पश्चात अपाङ्गता समन्वय समितिसंग बैठक सञ्चालन गरि परिचय पत्र समेत वितरण गरिएको थियो ।त्यसैगरी कार्तित १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाको महिला तथा वालबालिका शाखाका प्रमुख मिना देवकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रम गाउँपालिकाको अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।