धादिङ अस्पतालमा डेङगु र स्क्रव टाईफसका बिरामी शुन्य


  • दिव्यदर्शन
  • मंगलबार, मंसिर १२ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
जिल्ला अस्पताल धादिङले विविध बिषयमा स्थानिय पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
आज मंगलबार एक औपचारिक कार्यक्रमकाबीच अस्पतालबाट प्रवाह हुने सेवा,चुनौती लगायत बिबिध बिषयमा अन्तक्र्रिया तथा छलफल गरिएको हो ।सो क्रममा अस्पतालका निमित्त मे.सु डा. सुरेन्द्र भट्टले जिल्ला अस्पतालबाट प्रवाह हुने सेवाहरु,प्रदेशबाट स्वीकृत बार्षिक कार्यक्रमहरु,अस्पतालमा बिस्तारित सेवाहरु,त्रैमासिक,अर्धबार्षिक र बार्षिक रुपमा सम्पन्न गर्ने कार्यक्रमहरु,कार्यक्रम कार्यन्वयनमा देखा परेका समस्या तथा चुनौतीहरु र अस्पतालका भावी योजनाबारे पावरपोइन्टमार्फत प्रस्तुतीकरण गर्नुभएको थियो ।साथै उहाँले गत सातादेखि अस्पतालमा डेङगु र स्क्रव टाईफसका बिरामी सुन्य रहेको जानकारी दिनुभयो ।पछिल्लो ४ बर्षदेखि धादिङ जिल्ला अस्पतालको बेरुजु पनि शुन्य रहेको जनाएको छ । छलफलका क्रममा उपस्थित पत्रकारहरुले अस्पतालका गतिबिधिहरुप्रति चासो राख्दै नागरिकहरुले गरेका गुनासो तथा सेवा प्रवाहमा गर्नुपर्ने सुधारबारे जानकारी गराएका थिए ।उठेका सुझावहरुप्रति अस्पतालका निमेसु भट्ट र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजाराम कार्कीले सहजीकरण गर्नुभएको थियो ।साथै उहाँहरुले अस्पतालबाट प्रवाह हुने सेवा र नागरिकको गुनासो सुनुवाई गर्र्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web