धादिङको खुलामञ्चमा प्याराफिट निर्माणका लागि सम्झौता


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक २५ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा अवस्थित खुल्लामञ्चमा प्याराफिट निर्माण हुने भएको छ ।
जापान भ्रमणमा रहनुभएका धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना र धादिङ समाजका अध्यक्ष श्यामहरी तिम्सिनाबिच प्याराफिट निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मेयर ढुंगाना र समाजका अध्यक्ष तिम्सिना बिच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

नगरपालिका र धादिङ समाज जापानको संयुक्त लगानिमा निर्मित भनि प्रस्ट लेखिनुपर्ने, धादिङ समाज जापान र नगरपालिकाको सहमतिमा धादिङ समाज जापानद्वारा १० लाख सम्म उपलब्ध गराउने र परियोजना सुरु भए पश्चात ५० प्रतिशत रकम र सम्पन्न भएपछि बाँकि ५० प्रतिसत रकम उपलब्ध गराउने र धादिङ समाज जापान र नगरपालिका बिच सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने लगायत बुँदामा हस्ताक्षर भएको हो । यसअघि मेयर ढुंगानाले जापानको युशुहारा सिटीसँग पनि कामदार आदान प्रदान गर्ने विषयमा सम्झौता गर्नुभएको थियो ।

Source:neelkanthafm

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web