रास्वपा गल्छी गाउँपालिका सभापतिमा कुमार रिमाल


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक २५ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ,
राष्ट्रिय स्वतन्त्र पार्टी गल्छी गाउँपालिकाको प्रथम भेलाले कुमार रिमाललाई सभापतिमा चयन गरेको छ ।


आज शनिबार गल्छी गाँउपालिका छाँगेश्वर मन्दिर प्राङ्गणमा पार्टी सभापति रबि लामिछानेको प्रमुख आथित्यतामा भएको भेलाले कमिटी गठन सम्पन्न गरेको हो ।

रास्वपा गल्छी गाउँपालिका कमिटीको सभापतिमा कुमार रिमाल,उपसभापतिमा रमेश अधिकारी,सचिवमा गीता नेपाल,कोषाध्यक्षमा सुजन घिमिरे र सदस्यहरुमा रामकृष्ण खतिवडा,लुमडी प्रसाद खतिवडा,राते बहादुर तामाङ,चित्र कुमारी श्रेष्ठ,नारायण प्रसाद आचार्य र बासु खतिवडा चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ जिल्ला संयोजक सूर्यमणी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सभापति,उपसभापति डिपी अर्याल, प्रदेश इन्चार्ज, प्रदेश सदस्य,बिभिन्न विभाग प्रमुख तथा सदस्य,क्षेत्रिय सभापति, विभिन्न पालिकाका सभापतिहरु तथा गल्छी गाउँबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web