धादिङ त्रिपुरासुन्दरीका रमेश अधिकारी ‘नेपाल एजुकेशनल अवार्ड जापान –२०२३’ अन्तर्गत ‘स्कुल एजुकेशनल लिडर अफ द इयर ः २०२३’ अवार्डबाट सम्मानित भएका छन । नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले अधिकारीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । जापानको एभरेष्ट इन्टरनेशनल स्कुलमा आयोजित एक समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, पूर्व मन्त्री, संघिय सासंद तेजुलाल चौधरी, कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरेका हुन । उनी काठमाडौंको बसुन्धरामा अवस्थित साउथवेस्टन स्कुलका प्रिन्सिपल हुन् । यो अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै अधिकारीलार्ई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ । ‘स्कुल एजुकेशनल लिडर अफ द इयर ः २०२३’ अवार्ड पाएसँगै जापानबाट प्रतिक्रिया दिंँदै अधिकारीले शैक्षिक इतिहाँसमा अर्को प्रतिष्ठित अवार्ड प्राप्त हुँदा निकै उत्साहित भएको तथा थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको बताएका छन् । यस अघि अधिकारीले चारबटा अन्तराष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । उनले अमेरिकाको न्यु जर्सीबार्ट प्रदान गरिएका ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेको थिए । उनलाई २०२२ मा एकै पटक दुई अवार्ड ‘यसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘यसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ प्राप्त भएको थियो । त्यसैगरी ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेका थिए ।