सिद्धलेकमा नेतृत्व बिकास तथा भाषणकलासम्बन्धी ३ दिने तालिम सम्पन्न


  • दिव्यदर्शन
  • मंगलबार, कार्तिक २१ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
सिद्धलेक गाउँपालिकामा आइतबारदेखि सुरु भएको नेतृत्व बिकास तथा भाषणकला सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यपालिका महिला सदस्यहरु,वडा सदस्यहरु तथा गाउँपालिकाका कर्मचारीहरुका लागि नेतृत्व बिकास तथा भाषणकला सम्बन्धी तालिम दिइएको महिला तथा बालबालिका शाखा प्रमुख कविता भट्टले बताउनुभयो ।महिला तथा कर्मचारीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको उपाध्यक्ष सविता अर्यालले बताउनुभयो । उहाँले नेतृत्व गर्न र गाउँ, टोल र वडामा हुने कार्यक्रमहरुमा निर्धक्कका साथ प्रस्तुत हुन पनि तालिमले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।उहाँले आफु निर्वाचित भएर आएको दोस्रो आर्थिक बर्षको अभ्यासमा रहदा महिलाको क्षमता बिकास,सिप बिकास तथा बिकासका आयोजनाहरुमा समावेशी सहभागीताको लागि करिब १२ लाख बराबरको योजना पेश गर्दा पनि रातो किताबमा नआएको दुःख व्यक्त गर्नुभयो ।त्यस्तै उपाध्यक्ष अर्यालले सामाजिक न्याय र समानतामा महिला सहभागीता अनिवार्य आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । नेतृत्व बिकास तथा भाषणकला सम्बन्धी ३ दिने तालिमले केहि महत्वपुर्ण कुरा सिकेको हुनुपर्ने बताउदै व्यवाहारिक रुपमा लागू गरि समाजमा महिला शसक्तिकरणको अभ्यासमा लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गरि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष शम्भु गुरुङले समाज परिवर्तनको संम्वाहक महिला ससक्तीकरण भएकाले स्वतस्फुर्त रुपमा महिलालाई सामाजिक क्षेत्र,न्यायिक क्षेत्र,क्षमता बिकासको क्षेत्रमा अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तालिममा मकवानपुर हेटौडाबाट प्रशिक्षार्थीको रुपमा आएका रुपक कालिराज र सुरेश गुरुङले धादिङको सिद्धलेक गा।पा को जनप्रतिनिधी र कर्मचारी गरेको सद्भाव र प्रशिक्षार्थीहरुको शिकाई प्रतिको उत्सुकतालाई जीवनभर सम्झनाको रुपमा रहने बताउनुभयो ।

सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्षहरुमा ३ दिने तालिम मात्र नभई कम्तीमा हप्ता दिनको हुनुपर्ने माग गरेका थिए । तालिमले व्यक्तित्व बिकास मात्र नभई समाज सेवाको रुपमा लागि रहँदा सामाजिक बिकासमा समेत टेवा पुग्ने वडा नम्बर २ का वडा सदस्य सर्मिला बरामुले बताउनुभयो ।

तीन दिन सम्म सञ्चालन भएको तालिममा उद्घोषण के हो , उद्घोषण कसरी गर्ने , उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, असल उद्घोषकमा हुुनुपर्ने गुुणहरु, उद्घोषण तालिमको आवश्यकता, औचित्य, नेतृत्व क्षमता विकास कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष शम्भु गुरुङ , महिला तथा बालबालिका शाखा प्रमुख कवित भट्ट लगायत संचारकर्मी, प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web