सिद्धलेक गाउँपालिकामा नेतृत्व बिकास तथा भाषणकलासम्बन्धि ३ दिने तालिम आजदेखि सुरु


  • दिव्यदर्शन
  • आइतबार, कार्तिक १९ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
सिद्धलेक गाउँपालिकामा नेतृत्व बिकास तथा भाषणकलासम्बन्धि ३ दिने तालिम आजदेखि सुरु भएको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गाउँसभाका महिला सदस्यहरु तथा गाउँपालिकाका कर्मचारीहरुका लागि उद्घोषण तालिम दिइएको हो ।

महिला तथा कर्मचारीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो ।उहाँले नेतृत्व गर्न र गाउँ, टोल र वडामा हुने कार्यक्रमहरुमा निर्धक्कका साथ प्रस्तुत हुन पनि तालिमले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । कार्तिक १९ गतेदेखि सञ्चालन भएको तालिम मंगलबार कार्तिक २१ गते सकिनेछ ।

तालिममा मकवानपुर हेटौडाबाट आउनुभएका पत्रकार रुपक कालिराजले उद्घोषण के हो , उद्घोषण कसरी गर्ने , उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, असल उद्घोषकमा हुुनुपर्ने गुुणहरु, उद्घोषण तालिमको आवश्यकता, औचित्य, नेतृत्व क्षमता विकास कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web