धादिङ ।भोलि शुक्रबारबाट सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली धादिङ आउने भएका छन् । कात्तिक १७ गते देखि २७ गते सम्म सल्यानटारमा हुने मेला “हामी सवैको कृषि तथा बहुउदेश्यिय सहकारी संस्था लि.”को आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला हुन लागेको छ ।
मेलाको आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहने आयोजक बताएको छ ।त्यसैगरी कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड र हरेक दिन स्थानीय तथा राष्टि«य कलाकारहरुबाट बेजोड प्रस्तुति समेत रहने छ ।मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने तयारी भैरहेको मेला आयोजक समितिका संयोजक लक्ष्मी किशोर श्रेष्ठले जानकारी दिनुभएको छ ।साथै मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितीको भनाई छ ।