धादिङमा आधारभुत प्राथमिक उपचार तालीम,२६ जनाको सहभागीता


  • दिव्यदर्शन
  • बुधबार, कार्तिक १ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म धादिङको आयोजनामा आधारभुत प्राथमिक उपचार तालीम सम्पन्न भएको छ ।
असोज २७ गतेदेखि सुरु भएको तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राबिधिक सहयोगमा भएको ४ दिने तालीममा सशस्त्र प्रहरी बलका १८ जना र रेडक्रस भोलुन्टियर ८ जना गरि २६ जनाको सहभागीता रहेको थियो ।४ जना प्रशिक्षकद्धारा प्रशिक्षित तालिममा ५ जना महिलाहरु सहभागि रहेका थिए । बिपदजन्य घटना तथा सवारी दुर्घटनामा परेका ब्यक्तिहरुको उद्वारमा सहयोग पुग्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार कडेलले जानकारि दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web