सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः उपाध्याय


  • दिव्यदर्शन
  • सोमबार, असोज २९ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा रहेको सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण प्रसाद उपाध्याय चयन हुनुभएको छ । संस्थाको चौथों वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट उपाध्याय अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
उपाध्यक्ष रुपा खत्री अधिकारी, सचिवमा शुसिल श्रेष्ठ, कोषाध्यक्षमा शिशिर दनै र सदस्यहरुमा गणेश बसौला, लक्ष्मण गिरी र गंगा पाण्डे चयन भएका छन् । साथै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुवास गिरीलाई चयन गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ धादिङका सञ्चालक समिति सदस्य गोपाल गुरुङले सहकारीले गाउँमा खेलेको सकरात्मक भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्तरी क्षेत्रको उत्कृष्ट सहकारी सस्थाको रुपमा चिनिएको छ । ग्रामिण क्षेत्रका नागरिकको बचत गर्ने बानीको विकाससँगै गाउँमै ऋण लिने व्यवस्थाले शेयर सदस्यहरुलाई सहज भएको उहाँले बताउनुभयो ।
त्यस्तै, सहकारीले ग्रामिण क्षेत्रका मानिसहरुलाई बचत गर्ने बानीको मात्र विकास नभइ लगानी गर्ने वातावरण पनि बनेकोे त्रिपुरासुन्दरी गाउँपालिका–६ का वडा अध्यक्ष हरि विकले बताउनुभयो । गाउँ गाउँमा सहकारी भनेझै अझै टोल टोलमा सहकारी पु¥याउनु पर्छ । स्थानीयलाई आम्दानी र बचतसँगै सहकारी शिक्षा दिन सके नागरिकको दैनिकीमा अझै सकरात्मक परिवर्तन आउने अध्यक्ष विकले बताउनुभयो ।
गाउँका स्थानीयलाई थोरै भए पनि बचत गर्ने बानीको विकास गर्ने, गाउँमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्ने, र ग्रामीण क्षेत्रमा रहेका व्यवसाय तथा कृषि कर्म गर्ने स्थानीयलाई ऋणको सहज पहुँच पु¥याउन गाउँमै सहकारी संचालन गरिएको सहकारीका प्रबन्धक प्रकाश श्रेष्ठले बताउनुभयो । हामीले विभिन्न विधाका बचत कर्ताहरुलाई उत्प्रेरित गर्न प्रशंसा पत्र प्रदान गरेका छौ । उत्कृष्ट कार्य सम्पादनको मुल्यांकन गर्दै कर्जा प्रमुख सुदिप बसौलालाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान ग¥यौं । कम्तिमा सबैलाई सहकारीप्रतिको अपनत्व महसुस हुन्छ । सबैको साथले सहकारी उत्कृष्ट बन्दै गएको र आगामी दिनमा अझै परिस्कृत बनाउने लक्ष्य रहेको प्रबन्धक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web