बेनीघाट रोराङ गाउँपालिकाका जेष्ठ नागरिकहरुको सम्मान तथा स्वास्थ्य परिक्षण


  • दिव्यदर्शन
  • बिहिबार, असोज २५ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
बेनीघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक दिवसदेखि सुरु गरेको अभियान आज विहीबार वडा नम्बर १ को ज्येष्ठ नागरिकहरुको घरदैलोमा गई गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,वडा अध्यक्ष जिवन सिंङ तामाङ,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुजा खनाल,योजना शाखा प्रमुख परशुराम घिमिरे लगायत गाउँपालिकाका कर्मचारीहरुको सहभागीतामा सम्मान गरी समापन भएको हो ।
गाउँपालिका अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिका भित्रका १० वटै वडाका ८४ वर्ष भन्दा माथि उमेरका १ सय ७४ महिला र १ सय २३ जना पुरुष ज्येष्ठ नागरिकहरुलाई दौरा सुरुवाल र गुन्यू चोलीले सम्मान गरिएको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुजा खनालले बताउनुभयो ।
उहाँले हिड्न नसक्ने, स्वास्थ्य संस्था सम्म पुग्न नसक्ने जेष्ठ नागरिक तथा असक्तहरुको लागि स्वास्थ्य परिक्षणका क्रममा प्रेसर, सुगर परिक्षण तथा नसर्ने रोगहरुको पहिचान गरी आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । घरमै पुगेर स्वास्थयकर्मीले स्वास्थ्य परिक्षण गर्ने र सम्मान स्वरुप लत्ताकपडा प्रदान गरेपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् ।
ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रमलाई आगामी दिनमा थप सेवासुविधा र व्यवस्थित तवरबाट निरन्तरता दिने बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।
ज्येष्ठ नागरिक नै हाम्रो ईतिहास भएकाले नजिकिदै गरेको वडादशैको अवसर पारेर गाउँपालिका भित्रका ज्येष्ठ नागरिकलाई शुभकामना दिएर सुझाव पनि संकलन गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय सरकारको प्रत्याभुती गर्ने गरी आफुहरुले काम गरीरहेको बताउदै पालिका भित्रका ज्येष्ठ नागरिकहरुको समस्यामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web