त्रिपुरासुन्दरी गाउँपालिकामा अपाङगताहरुलाई नयाँ कार्ड बितरण तथा खारेज अभियान सञ्चालन


  • दिव्यदर्शन
  • शुक्रबार, असोज १९ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अपाङगताहरुलाई नयाँ कार्ड बितरण तथा खारेज अभियान सञ्चालन गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको संयोजकत्वमा गाउँपालिका परिसरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यम बहादुर श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मिना देवकोटा, वडा नं. ५का वडाध्यक्ष एबम् गाउँपालिकाका प्रवक्ता कुस बहादुर सिटौला,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, पत्रकार लगायत जनप्रधिनिधिहरुको उपस्थितीमा गाउँपालिकाभित्रका अपाङगता भएका नागरिकहरुको कार्यबिधिमा उल्लेखित मापदण्डमा परेका नागरिकहरुलाई बिभिन्न बर्गका कार्ड बितरण गरेका छन् । सो क्रममा पहिला अपाङगता भत्ता खाई आईरहनुभएका नागरिकहरुको कार्यबिधिको मापदण्डमा नपरेका कारण कार्ड खारेज तथा अन्य बर्गका कार्ड प्रदान गरेको छ । कार्यक्रममा केही नागरिकहरुले आफुले खादै आएको भत्ता गाउँपालिकाले काटेकोप्रति गुनासो समेत राख्नुभएको थियो ।उहाँहरुको जवाफ दिदै गाउँपालिका उपाध्यक्ष धरेलले कार्यबिधिमा नपरेकाको कार्ड खारेज भएको र नयाँ पाउनेलाई पनि समेटेको बताउनुभयो ।
स्थानिय निर्वाचनपश्चात नागरिकको टोलटोलमा पुगेर अपाङगता नागरिक पहिचान गर्दा छुटेकालाई समाबेश गर्न र कार्ड नबिकरण गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख देवकोटाको भनाई छ ।
पहिला अपाङगता भत्ता खाई आईरहनुभएका केही नागरिकहरुको कार्ड किन नबिकरण भएन? यो हेर्नुहोस् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web