त्रिपुरासुन्दरी गाउँपालिकाद्धारा जेष्ठ नागरिकहरुलाई सम्मान


  • दिव्यदर्शन
  • आइतबार, असोज १४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ।
“सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पुरा गरौँ” भन्ने मुल नाराका साथ त्रिपुरासुन्दरी गाउँपालिकाका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाका सबै वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अथिति एवं त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुदै जेष्ठ नागरिकहरुको देशप्रतिको योगदान आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव युवा पुस्तालाई मार्गदर्शन हुने भन्दै सदैब सम्मान गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा गाउँपालिकाका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मिना देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।सो कार्यक्रममा प्रत्येक वडाका जेष्ठ नागरिकहरुहरुलाई टिका र खादाद्धारा सम्मान गर्नुभएको थियो । कार्यक्रम सञ्चालक देवकोटाले गाउँपालिकाको खाता सञ्चालन नभएकाले अरु आवश्यक सामग्री केही समयपछि बितरण गर्नुका साथै आगामी दिनमा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमहरु राख्ने बताउनुभयो । बिभिन्न वडाका वडाध्यक्षहरुको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाबाट पाएको सम्मानबाट जेष्ठ नागरिकहरु खुशी देखिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web