धादिङ
धादिङको थाक्रे गाउँपालिका वडा नं.८ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ।
“सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पुरा गरौँ” भन्ने नाराका साथ थाक्रे गाउँपालिका वडा नं. ८ को आयोजनामा ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ्य परिक्षण गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति एवं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले उक्त कार्यक्रममा शुभकामना राख्नु हुदै जेष्ठ नागरिक भनेका हाम्रो इतिहास हुन् नयाँ पुस्ताको लागि ज्येष्ठ नागरिकको आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव मार्गदर्शन हुने भन्दै सदैब सम्मान जनक राख्नुपर्ने बताउनु भयो।
कार्यक्रममा थाक्रे ८ भित्रका सय जना भन्दा बढी जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो भने उहाँहरुलाई केहि भनेनी हौसला होस् भन्ने उद्धेश्यले दोसल्ला ओडाउनुको साथै हर्लेक्स पनि वितरण गरिएको र स्वास्थ्य परिक्षण पनि गरिएको थाक्रे ८ का वडा अध्यक्ष प्रेम कुमार थापाले जानकारी दिनु भयो।वडा अध्यक्ष प्रेम कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा, वडा सदस्यहरु , जेष्ठ नागरिक लगायत स्थानियको सहभागिता रहेको थियो।