गल्छी गाउँपालिकामा भएको रक्तदान मार्फत् ५५ जना पिन्ट रगत संकलन


  • दिव्यदर्शन
  • आइतबार, असोज १४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, १४ असोज । दिव्यदर्शन टेलिभिजन संवाददाता ः

गल्छी गाउँपालिका वडा नं ६ मा रहेको सक्सेस एकेडेमी परिसरमा भएको रक्तदान मार्फत् ५५ जना पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल सक्सेस एकेडेमीको आयोजनामा भएको रक्तदान मार्फत् ५५ पिन्ट रगत संकलन भएको हो । जसमध्ये ३९ जना पुरुष र १६ जना महिला जना रहेका छन् ।

धादिङमा रगतको अभावलाई न्युनिकरण गर्नको लागि विभिन्न सभा समारोह, वार्षिकउत्सव लगायतका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिदैँ आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web