थाक्रेमा जेष्ठ नागरिकहरुको सम्मान तथा स्वास्थ्य परीक्षण


  • दिव्यदर्शन
  • आइतबार, असोज १४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, १४ असोज । दिव्यदर्शन टेलिभिजन संवाददाता ः

थाक्रे गाउपालिका वडा नं ८ मा जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ ।

३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा थाक्रे गाउँपालिका वडा नं ८ ले जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव मार्गदर्शन हुने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको हो ।

‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web