नेत्रावती डबजोङ गाउँपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सुरु,पहिलो दिन १४४ जनाले सेवा लिए


  • दिव्यदर्शन
  • बिहिबार, असोज ११ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको छ ।

बुधबार वडा नं. २ को धाराधिरी र टिकाडुङ क्षेत्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी उक्त शिबिर सुरु भएको छ ।जेष्ठ नागरिक स्वास्थ्य शिविरको पहिलो दिन ने‌त्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजालबाट सुगर र ब्लड प्रेसर चेकजाँच गरि सो कार्यक्रम शुभारम्भ गरिएको हो।

पहिलो दिन वडा नं. २ बाट सुरूवात भएको शिविरमा पालिका अध्यक्षसहित वडा अध्यक्ष मिन बहादुर गुरुङ, कार्यपालिका सदस्य भावना तामाङ र वडा सदस्य विक्रम तामाङलगायतको उपस्थिति रहेको थियो।‌ पहिलो दिन १४४ जनाले सेवा लिएका छन्, जसमा ३६ जना प्रेसर र ८ जना सुगरको बिरामी रहेको छ ।सो शिबिरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप,मधुमेह तथा अन्य स्वास्थ्यसम्बन्धि जाँच र परामर्श सेवा प्रदान गर्नुका साथै निशुल्क रुपमा औषधी समेत बितरण गरिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले सुचना नै जारी गरी बिभिन्न वडामा सञ्चालन हुने शिबिरको समय तालिकाअनुसार आफुलाई पायक पर्ने ठाँउबाट सेवा लिन समेत नागरिकहरुलाई आग्रह गरिएको छ ।

यस्तो छ समयतालिकाः

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web