धादिङ–
नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते शुक्रबार धादिङबेसीमा हुने भएको छ।
जिल्ला सम्मेलन सम्पन्न गर्न नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समितिसँगै बिभिन्न समितिहरु गठन गरिएको छ।उक्त समितिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ वडा कार्यसमितिका सभापती, १२ भातृसंस्थाका जिल्ला अध्यक्ष र १० शुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष रहने कांग्रेस धादिङले जनाएको छ ।त्यस्तै जिल्ला कार्यसमितिका सदस्य दीपक कोइराला र नेपाल विद्यार्थी सघंका पुर्व केन्द्रिय सदस्य भरत भट्टलाई राजनीतिक प्रतिवेदन तयारी समितिको जिम्मेवारी दिएको छ भने जिल्ला सचिव रामकृष्ण पाण्डेको संयोजकत्वमा विकास श्रेष्ठ, बद्री अर्याल, नारायणप्रसाद पोखरेल, मदनकुमार श्रेष्ठ, राजेन्द्र अर्याल र मञ्जु त्रिपाठीलाई सांगठनिक प्रतिवेदन तयारी समितिको जिम्मेवारी दिईएको छ।कोषाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति, सहसचिव नवराज तिमल्सिनाको संयोजकत्वमा सुचना प्रविधि संयोजन समिति र प्रवक्ता विनोद तिमल्सिनाको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको कांग्रेस धादिङले जनाएको छ ।सम्मेलनकोे दिन बृहत रक्तदान कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।
source:bagmatikalam