पहिरो जोखिमबाट बिस्थापित रि गाउँबासीलाई नगदसहित सामग्री सहयोग


  • दिव्यदर्शन
  • शुक्रबार, असोज ५ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि गाउँका पहिरोको जोखिमका कारण विस्थापित बनेका घरपरिवारलाई नगदसहित राहत वितरण गरिएको छ ।
बिहिबार एक कार्यक्रमकाविच नेपाल रेडक्रस सोसाइटी धादिङले ४८ घरपरिवारलाई प्रतिपरिवार १५ हजारका दरले प्रदान गरिएको हो । यस्तै प्रदेश सरकारको सहयोगमा जिल्ला प्रशासन कार्यालय धादिङले पनि त्रिपाल वितरण गरिएको छ ।

गत साउन २८ र २९ गते परेको अविरल वर्षाले गाउँमाथिको जमिन भासिन थालेपछि गाउँ नै उच्च जोखिममा परेको हो ।
पहिरोले समस्याको ओइरोमा रुमल्लिएका प्रभावितले राहतमा नगदसहित त्रिपाल पाएपछि खुशी बनेका छन् । पहिरोका कारण वर्षौदेखि बस्दै आएको थलो छाडेर लामो समय त्रिपालमा बिताएको स्थानीय श्री बहादुर तामाङले बताउनुभयो । विपत्तिमा साथ दिने सरकारी तथा गैरसरकारी संस्थालाई उहाँले धन्यवाद दिनुभएको छ ।

पहिरोबाट विस्थापितहरुको समस्या समाधानमा गाउँपालिका दत्तचित्त भएर लागेको गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।दुःखको घडीमा थोरै भएपनि मल्हम लगाउन नगदसहित गैर खाद्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी,गाउँपालिका अध्यक्ष भक्त लामा ,उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र,नेपाल रेडक्रस परिवार,पत्रकार लगायतको उपस्थित रहेको थियो ।सो क्रममा अतिथीहरुले भासिएको ठाउँसमेत निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web