धादिङ
धादिङबेसीका नेवार समुदायले गाई जात्राको दिनदेखि शुरु गरेको लाखे जात्राको आज मंगलबार विधिवत रुपमा विसर्जन गरिएको छ ।झिंगु नेवाः समाज धादिङको अगुवाईमा शुरु भएको जात्राको मंगलबार लाखे मारेर समापन गरिएको हो । नेवार समुदायको आस्था र परम्परागत संस्कृतिको प्रतिविम्बको रुपमा परिचित लाखे नाच परिचित छ ।विभिन्न कला र संस्कृतिमध्ये धादिङबेसी बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौंदेखि चल्दै आएको मौलिक, सांस्कृतिक र जातीय पहिचान हो । लाखेनाचको प्रदर्शनले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।विर्सजन गर्ने क्रममा जात्रामा सहभागीहरूलाई टीका लगाई प्रसाद ग्रहण गरिएको छ । अन्य समयमा रोक लगाइएको तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुन समेत सहभागीहरूलाई खुवाएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन् । लाखे निकाल्ने दिनदेखि लाखे विसर्जनका विचमा गाइजात्रा, रोपाइ जात्रा, इन्द्र जात्रा लगायतका पर्वहरु मनाइएको हो ।मंगलबार एक कार्यक्रमका विचे जात्रालाई सफल बनाउन सहयोग गर्ने सबैलाई झिंगु नेवाः समाज धादिङले धन्यवाद सहित नेवारी भोजन गराएका छन् । संचार संस्था तथा पत्रकारलाई नेवारी कला संस्कृतिको प्रचारप्रसार गरी नेवारी कला संस्कृति जर्गेना गर्न उल्लेखनिय भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।
Source:Pabilnews
