धादिङ
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङको ११ औं स्थापना दिवसको अवसरमा धादिङबेशीमा १३ जनाले रक्तदान गरेका छन् ।
सशस्त्र प्रहरी वल आश्रित गुल्म धादिङको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १ जना महिला र १२ जना पुरुष गरी १३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।
साथै सो अवसरमा स्वास्थ्य कार्यलय धादिङको सहयोगमा सशस्त्र प्रहरी,नेपाली सेना,संचारकर्मी लगायतको रक्तचाप,सुगरको निशुल्क चेकजाँच गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङको प्रमुख राजकुमार कँडेलले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।