ज्वालामुखीमा पालिकास्तरीय विज्ञान सामाग्री प्रदर्शनी


  • दिव्यदर्शन
  • शनिबार, भाद्र ३० २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,
५९ औँ राष्ट्रिय वालदिवसको अवसरमा ज्वालामुखी गाउँपालिकाले गाउँपालिका स्तरीय विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रम गरेको छ।
शुक्रबार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त विज्ञान प्रविधि सामाग्री प्रदर्शनी कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनाथ दनै,उपाध्यक्ष धर्म बहादुर अर्याल,प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित,निवार्चित जनप्रतिनिधिहरु,कर्मचारी,विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष,प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा बिद्याथीहरुले तयार पारिएका बिभिन्न सामग्रीको प्रदर्शनका साथै शिक्षक,बिद्यार्थी तथा अवकास प्राप्त शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web